काठमाडौं।
खिचापोखरी न्युरोड व्यापार संघको ८ औं अधिबेशन तथा १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। समृद्द राष्ट्र निर्माणको औजार, सामुहिक एकता र व्यापार भन्ने मूल नाराका साथ् शुक्रबार सुनधारा स्थित घुइंचो रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता गणेश कुमार न्यौपानेले गरेका थिए। त्यसैगरी प्रमुख अतिथीको रुपमा उपप्रधनमन्त्री नारायण काजी श्रेष्ठ, विशेष अतिथीमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका कुमार कार्की , नरेश कटवाल,नेपाल उद्योग बाणिज्य संघ काठमाडाैंका सदस्य लगायत अन्य थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत् मन्तब्य राख्दै अध्यक्ष गणेश कुमार न्यौपानेले सबैलाई स्वागत गरेका थिए। उक्त कार्यक्रम संचालन भने संगम महतले गरेका हुन्। संघको अधिवेशन तथा साधारण सभाको उद्घाटन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्रै देशको विकास सम्भव भएको बताउँदै राज्यको भूमिका अलि बढी भए पनि सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए।
१५ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । साधारण सभाले सागर शाक्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसअनुसार बरिष्ठ उपाध्यक्ष भरत प्रसाद बडाल, प्रथम उपाध्यक्ष तेज प्रसाद ज्ञवाली, दोस्रो उपाध्यक्ष अर्जुन ज्ञवाली, महासचिब राम कुमार पण्डित, सचिव भरत बहादुर क्षेत्री, कोषाध्क्ष खिल बहादुर रोक्का, सह कोषाध्क्ष समिक बज्राचार्य लगायत ९ सदस्य सहित १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । व्यावसायीक तथा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् भने यस कार्यक्रममा चार जना समाजसेवि पनि सम्मानित भएका छन् । जसमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्ययक्ष नरेस कटुवाल सम्मानित भएका छन् । विउरत्न शाक्य, मोहन विच यादव र मनोजबाबु महर्जन सम्मानित भएका छन् ।
साधारण सभाका क्रममा व्यवसायीहरुले निजी क्षेत्रको आधारबिना मुलुक अगाडि बढ्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।








































