Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:३२ दिउँसो
- ADVERTISEMENT -

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी निर्णय

प्रकाशित मिति: २०७९ फागुन २१, आइतबार

158
Shares

नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरेको सांसद ओमविक्रम भाटले बताए। “सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेका छौं,” बैठकपछि माओवादी सांसद भाटले भने।

यसअघि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्देशन दिएका थिए। अध्यक्ष दाहालको निर्देशनपछि बसेको संसदीय दलको बैठकले सरकार पक्षमा उभिने निर्णय गरेको हो।

नेकपा (एमाले) संसदीय दलका राजेन्द्रसिंह रावल नेतृत्वको संयुक्त सरकारले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हुन्। यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने धारा १६८ को उपधारा ४ मा व्यवस्था गरिएको छ।

संवैधानिक व्यवस्थाअनुसार, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। अहिले कांग्रेसका १९ सांसद छन्। सरकारमै रहेको नेकपा (एकीकृत समाजवादी) का चार सांसद छन्।

त्यस्तै, मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरेको माओवादीका सभामुखसहित ११ सांसद छन्। माओवादीको निर्णयसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने भएका छन्।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने विषयमा छलफल गरिरहेको छ। नागरिक उन्मुक्ति र कांग्रेसका नेता छलफल गरिरहेका छन्। उन्मुक्ति पार्टीका सात सांसद छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -