काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनकारी दिएको छ । आजको मूल्य तोक्दैमहासङ्घले हिजोकै दरमा आजको कारोबार हुने जानकारी दिएको हो ।
यसअनुसार, आज छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ ।हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १हजार २५५ रुपैयाँ कायम भएको छ ।








































