Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:४५ दिउँसो
- ADVERTISEMENT -

तारकेश्वर नगर प्याबसनको आयोजनामा हिज्जे प्रतियोगिता सम्पन्न

प्रकाशित मिति: २०७९ फागुन ११, बिहीबार

410
Shares

११ फाल्गुन/काठमाडौं । तारकेश्वर नगर प्याबसनको आयोजनामा प्याबसनमा आवद्ध तारकेश्वरका १७ संस्थागत विद्यालयहरुको सहभागितामा आधारभुत विद्यालय बिस्तरीय हिज्जे प्रतियोगिता तारकेश्वर न पा -०४ स्थित आगमन एकेडेमी स्कुल कलेजको सम्योजनमा हिजो सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि आसन ग्रहण काठमाण्डौ प्याबसनका अध्यक्ष तथा एडेन ब्रिज स्कुलका प्र अ प्रेम कुमार राई गर्नु भएको थियो भने विशेष अतिथीमा ओप्स का अध्यक्ष तथा हिनयम रश्मी हाई स्कुलका प्र अ लोकेन्द्र खड्का रहनु भएको थियो। 

यसै गरि अन्य अतिथीहरुमा तारकेश्वर प्याबसनका अध्यक्ष तथा एन्जल्स हार्ट मा वी का प्र अ घन बहादुर पुन, तारकेश्वर ई सि ए बिभाग प्रमुख तथा लालीगुरास नेशनल एकेडेमिका प्र अ गोपाल बुढाथोकी, तारकेश्वर शैक्षिक मन्चका सचिव तथा जिवन ज्योति स्कुलका प्र अ अवसर पौडेल, तारकेश्वर शैक्षिक मन्चका कोषाध्यक्ष तथा गिनिज पब्लिक हाई स्कुल का प्र अ रामेश्वर सिम्खडा, काठमाण्डौ शिक्षालयका प्र अ घनश्याम पाण्डे, तेजस्वि एकेडेमीका प्र अ थिर बहादुर बस्नेत रहनु भएको थियो। 

कार्यक्रमको सन्चालन आगमन एकेडेमी स्कुल कलेज एसिस्टेन्ट प्र अ श्री प्रसाद शर्माले गर्नु भएको थियो। 

प्यावसन तारकेश्वरका ईसिए-सिसिए विभागका प्रमुखले आफ्नो मन्तव्य राख्ने क्रममा हिज्जे प्रतियोगिताको संयोजक विद्यालय आगमन एकेडेमी स्कुल कलेज लगायत कार्यक्रमलाई सफल पार्न खट्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगमन एकेडेमी स्कुल कलेज कुनै पनि अतिरिक्त कृयालाप अन्तर्गका प्रतियोगिता आयोजना गर्न सक्षम रहेको धारणा राख्नु भएको थियो ।

 आगमन एकेडेमी स्कुल कलेज विद्यालयको संयोजनमा भएको कार्यक्रम हिज्जे प्रतियोगितामा (Spelling Contest) हिम रश्मी हाई स्कुल प्रथम सृजना ज्ञान सागर द्धितिय, प्ररम्भ वर्ल्ड स्कुल तृतिय र न्यू एरा एकेडेमी ले शान्तवना पुरस्कार प्राप्त गरेका थिए। पुरस्कार वितरणमा प्रमुख अतिथी, सभापति, विशेष अतिथी र कार्यक्रम सम्योजन गर्ने विद्यालयको एसिस्टेन्ट प्र अ को सहभागिता रहेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -