गोरखा, भीमसेन थापा गाऊँपालिका वडा नं.२ स्थित बगुवाखेतका स्थानिय जनता, बगुवाखेत हातेमालो समाज र वडा नं.२ को संयुक्त सहकार्यमा बस्तीको मध्य तथा उत्तरी भागमा फेरि अर्को शिवायल मन्दिरको स्थापना गरियको छ।
अाज भन्दा करिब २० बर्ष पहिले बस्तीको दक्षिणी भाग अर्थात धार्मिक नदि कासीखोलामा बिस्वनाथ पबित्र कासी मन्दिर स्थापना गरियको थियो। हाल उक्त मन्दिर स्थानिय जनताको रेखदेख, संरक्षण र प्रचार प्रसारको अभाबमा जिर्ण अबस्था रहेको पाइन्छ।
वडा नं.२ र ४ को संगमस्थल यो मन्दिरको धार्मिक र एेतिहासिक महत्व अोझेलमा परे पनि स्थानिय भक्तजनको अाराध्यदेव शिव भगवान प्रति देखियको अघाध अास्था र झुकाबलाई ध्यानमा राखी फेरि शिवालय मन्दिर बगुवाखेत नामक शिव मन्दिर स्थापना गरि यहि मिति २०७९ फाल्गुण ६ गते महाशिवरात्रीको शुभ साइतमा अांसिक निर्माण कार्य सम्पन्न गरि भीमसेन थापा-२ का वडाध्यक्ष नारायण भट्टराई द्वारा उक्त मन्दिर उदघाटन गरियको छ।

पण्डित गोबिन्द पोखरेल बाट पुराण बाचन सहित भब्य रुपमा उदघाटन गरियको उक्त मन्दिर निर्माण समितिका अध्यक्ष पदम अंगाईको सभापतित्व र हातेमालो समाजका सचिव नवराज पाण्डेको संचालनमा समापन भयको थियो। उक्त कार्यक्रममा सम्बोधन गर्दै २ र ३ नं. वडाका वडाध्यक्ष हरु क्रमश: नारायण भट्टराई र ऋषिराम लामिछानेले कासीखोलाको धार्मिक र एेतिहासिक महत्वलाई देशभरि प्रचार गरि धार्मिक पर्यटक भित्राउनको लागि वडास्तरबाट अाबस्यक सहयोग हुने प्रतिबद्धता जनाउनु भयको थियो। सो अबसरमा बगुवाखेत हातेमालो समाजका अध्यक्ष हरिराम पाण्डेले मन्दिरको एेतिहासिक दस्ताबेज सहित शिलापत्र, चन्दादाता हरुको शुचि र संकलित अार्थिक रकम मन्दिर निर्माण समिति लाई हस्तान्तरण गर्नु भयको थियो।
सम्बोधन गर्ने क्रममा अध्यक्ष पाण्डेले नवनिर्मित शिवालय मन्दिरको संरक्षण सहित कासीखोलामा अबस्थित बिस्वनाथ पबित्र कासी मन्दिरको पुर्ननिर्माण गरि उक्त स्थानलाई गोरखा जिल्लाकै एक पबित्र धार्मिक स्थल बनाउनु पर्ने कुरालाई जोड दिदै सबैसंग सहयोगको लागी अपिल गर्नु भयको थियो। कार्यक्रममा उत्कृष्ट चन्दादाता र जग्गादाता हरुलाई सम्मान गर्नुका साथै कदर पत्र पनि बितरण गरियको थियो।
स्थानिय भक्तजनको अरिरिक्त छिमेकी भक्तजन हरुको समेत बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा काठमाण्डौ, चितवन र देशका अन्य भू-भागमा रहेका स्थानिय समाजसेवी हरुको समेत सहभागिता रहेको थियो।








































