नेकपा एमालेका पूर्वनेता दुर्गा प्रसाईँले आफूले पूर्वराजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।एमाले छाडेर नागरिक बचाऔँ अभियान सुरु गर्ने क्रममा धनगढी पुगेका प्रसाईँले यस्तो बताएका हुन् ।
‘केपी हजुरबुबाले मलाई पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइ राख्नुभएको छ । उहाँलाई कारबाही हुनुपर्ने होइन र?,’ प्रसाईँले प्रश्न गरे ।
उनले आफूलाई एमालेले नभइ आफूले नै केन्द्रीय सदस्य पद त्यागेको पनि बताए । ‘म पनि केपी हजुरबुबालाई तपाईँको केन्द्रीय सदस्य तपाईँ नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ,’ प्रसाईँले भने ।







































