काठमाडौँ- बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए ।
नेपाल प्रहरीको साइबार ब्युरोले रेग्मीलाई गएराति आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियाे ।
ब्यूरोका अनुसार नेपाली सांगीतिक क्षेत्रका कलाकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरिएको उजुरीका आधारमा रेग्मी पक्राउ परेका हुन् ।








































