Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:२२ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रपति बन्न महन्थ ठाकुर सक्रिय

प्रकाशित मिति: २०७९ फागुन ८, सोमबार

242
Shares
फाईल तस्विर

काठमाडौं ।
सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा (एमाले) र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियता बढाएका छन्। दुई दलको विवादबीच आफू राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको औल्याउँदै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन्।

ठाकुरनिकट तथा जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार पछिल्लो साता ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपालसँग समेत सो विषयमा कुराकानी गरिसकेका छन्। लोसपाले राष्ट्रपति पदमा ठाकुरलाई अघि सार्ने तयारीसमेत गरेको छ। यसबारे निर्णय लिन लोसपाले यही फागुन १० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ।

त्यो बैठकले ठाकुरलाई राष्ट्रपति पदमा अघि सार्ने निर्णय गर्ने झाले बताए। ‘उहाँ (ठाकुर) ले जीवनमा ठुलो राजनीतिक योगदान र त्याग गर्नुभएको छ। आफूमा भएका अनुभव, निष्ठा, इमानदारीलगायत विभिन्न कारणले अहिलेको सन्दर्भमा राष्ट्रपतिका लागि सबैभन्दा उपयुक्त व्यक्ति ठाकुरज्यू नै हुनुहुन्छ,’ झाले भने, ‘पछिल्लो १५ वर्षदेखि ठाकुर सार्वजनिक लाभको पदमा बस्नुभएको पनि छैन। केहीलाई मन्त्री बनाउनुभयो, केहीलाई सांसद बनाउनुभयो तर उहाँ आफू लाभको पदमा जानुभएन। त्यसैले यसपटक राष्ट्रपतिमा पार्टीहरूले उहाँलाई अघि सार्नुपर्छ।’

केही दिनअघि एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरस्थित संसद् भवनबाटै आफ्नो गाडीमा ‘लिफ्ट’ दिएर ठाकुरलाई बालकोट लगेका थिए। बालकोट पुगेपछि ओली र ठाकुरबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बतायो।
नागरिक दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -