काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । भैरहवामा आफ्नै कार्यक्रममा जाँदै गर्दा उनले एमाले छाडेको घोषणा गरेका हुन्।
प्रसाईले केही दिन आघि मात्र पूर्वराजपरिवारलाई सहभागी गराएर कार्यक्रम गरे संगै एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस समेत गरेको थियो ।
प्रसाईं निकट श्रोतका अनुसार आजै काठमाडौं आएर पार्टी अध्यक्ष ओली समक्ष राजिनामा दिनेछन। उनले ओलीलाई हजुबुबा भन्दै सम्बोधन गर्ने गरेका छन्। उनले अब चांडै नयाँ पार्टी घोषणा गर्ने समेत बुझिएको छ। प्रसाइले यस अघि नेपाललाई हिन्दु राज्य बनाउन र संघियता खारेज गर्नका लागी जस्तो सुकै कदम चाल्ने बताउँदै आएका थिए।








































