गोरखा : गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रा लिले शव वाहन सेवा सुचारु गरेको छ । २०५८ सालमा गोरखा यातायात नाम बाट संचालित संस्था २०७६ मा पुन कम्पनी दर्ता भई गोरखा को ग्रामीण भेग सेवा दिँदै आएको संस्था हो।
हाल यस संस्था ले ग्रामीण भेगमा समेत जान सक्ने शव वाहन सञ्चालन गरेको संस्था का शेयर सदस्य गकुल भट्ट ले सिमपानीलाइ बताए।
साथै ग्रामीण सडक खण्ड जहाँ सुकै पनि शव ल्याउन अथवा पुर्याउन सक्ने खालको शव वाहन छ भन्ने कुरा संस्था का सदस्य एबम वाहन सञ्चालक दीपक खत्री बताउँछन् । शव वाहन गोरखा जिल्लाका लागि अपरिहार्य रहेको छ ।
वाहन का चालकका रुपमा राजु थापा रहेका छन ।
समिती तथा चालकको सम्पर्क नम्बर समेत ९८४६१८९५००/९८५६०४४८५१ रहेको जनाईएको छ ।








































