Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५२:२० बिहान
- ADVERTISEMENT -

“नेपाल सिनेमा फेष्टिवल २०२३” युएईमा भब्य रुपमा सम्पन्न

प्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार

233
Shares

काठमाडौं ।
चलचित्र विकास बोर्ड नेपालको आयोजनामा यही फेब्रुअरी १२ देखी १५ सम्म चलेको “नेपाल सिनेमा फेष्टिवल २०२३” भब्य रुपमा सम्पन्न भएको छ । गैर आवासिय नेपाली संघ मध्यपुर्व संयोजक मनोज गोर्खाली र चलचित्र विकास बोर्डका सदस्य तथा नायक राज कटुवालको सुरुवाती समन्वय र गैर आवासिय नेपाली संघ युएईको सहयोगले सम्पन्न भएको हो।

उक्त कार्यक्रमको युएई व्यवस्थापनको जिम्मा एनआरएन युएई ,नेपाली समाज युएईले लिएको थियो । एनआरएन युएईको आव्हानमा युएईमा क्रियशिल नेपाली संघसंस्थाहरुको सक्रियता र सहयोगले कार्यक्रम सफल भएको छ । कार्यक्रम सम्पन्न गराउन महत्वपुर्ण भूमिका खेलेका मनोज गोर्खाली भन्छन,’सर्वप्रथम कार्यक्रमको व्यवस्थापनको जिम्मा दिनुहुने चलचित्र विकास बोर्ड नेपाल,बोर्डका अध्यक्ष भुवन केसी र सम्पुर्ण बोर्डका टिमलाई धन्यवाद दिन चाहन्छु । कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका खेल्नुहुने एनआरएन एनसीसी युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना,नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल र सम्पुर्ण मुल समितिका साथीहरु,टास्क फोर्सका सम्योजक तथा साथिहरु धन्यवादको पात्र हुनुहुन्छ।’

उनले युएईमा रहेको नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने मुख्य उद्देश्य सहित कार्यक्रम व्यवथापनमा मुल समितिमा रहेर कार्य गर्ने नेपाली समाज युएई, जनप्रगतिशिल मञ्च युएई, जनसम्पर्क समिति युएई, प्रवासी नेपाली मञ्च युएई, नेपाल पत्रकार महासंघ युएई शाखा,नेपाल आदिवासी जनजाती महासंघ युएई,अन्तर्राष्ट्रिय कलाकार समाज युएई लगायत सम्पुर्ण संस्था समाजसेवी व्यवसायी तथा आर्थिक सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि युएईमा क्रियाशिल नेपाली संघसंस्थाहरुको एकता र सहकार्यको निरन्तरताको अपेक्षा गरेका छन्।

कार्यक्रममा कबडी कबडी ४ चलचित्रका प्रोड्युसर राम गुरुङ,ऐन झ्यालको पुतली चलचित्रका प्रोड्युसर राम कृष्ण पोखरेल,भुषण दाहाल, शिव श्रेष्ठ, अनमोल केसी, उपासना सिंङ ठकुरी, ऋचा शर्मा, प्रशान्त ताम्रकार, नरेश भट्टराई, सन्दिप श्रेत्री, रवि ओड, नर्वदा लकन्दरी,जिया केसी, पत्रकार प्रकाश सुवेदी लगायत अन्य थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -