काठमाडाैँ- खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमाकाे स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेताहरू अस्पताल पुगेका छन्।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा,केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरू कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेका हुन्
सांसद भण्डारी र उनकी आमाकाे आइसियूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५- ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ।
थप उपचारका लागि दुवैजनालाई भारत लैजाने तयारी भइरहेकाे अस्पताल स्राेतले जनाएकाे छ।
चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ।
बुद्धनगरस्थित सांसद भण्डारीकाे निवासमा गएराति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो।
कांग्रेस नेता भण्डारी गुल्मी- १ बाट निर्वाचित सांसद् हुन्।








































