नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले बालाजुमा भएको घटना दुःखद भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मजदुरको नाममा गैर मजदुरको प्रवेश भएको हुनसक्ने आंशका व्यक्त गर्दै नेता महतले यथार्थ छानविन गरी न्याय निरुपण गर्न सरकारसँग माग गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम् गृहमन्त्रालय सम्हालेका बेला यस्तो घटना घट्नु दुःखद भएको उनले बताए ।
यातायात मदजुरको जायज माग सम्बोधन गर्न पनि उनले सरकारसँग माग गरे । घटनामा दोसीलाई कानुनअनुसार कारवाही गर्न उनले माग गरे । यस्तो अवस्थालाई नियन्त्रण गर्न नसके देशमा अराजकता मच्चिने उनले बताए ।








































