काठमाडौं ।
यातायात ब्यबस्था कार्यलयमा लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीहरुका लागि यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको पाँच वर्षको जरिवाना छुट दिने भएको छ ।
आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने भएको हो । बिहीबार यातयात कार्यालयले एक सूचना प्रकाशित गरि यस्तो जानकारी दिएको हो ।
कार्यालयले विगत आर्थिक वर्षहरु देखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रह समेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ । राज्य लाई तिर्नुपर्ने कर ,दण्ड ,जरीवाना र शुल्क कुनै पनि बहानामा उन्मुक्ति नमिल्ने समेत जनाइएको छ | सरकारीस्तरबाट यस्ता किसिमका छुट को ब्यबस्था गर्दै सर्बसाधारण लाई सहज गरिदै आएको एक कर्मचारीले जानकारी दिए |
विज्ञप्ति








































