माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रम र सांगठनिक निर्णयबारे छलफल गर्न बैठक बसेको हो ।
बैठक भर्चुअलमाध्यमबाट बसेको हो । माओवादी अघिल्लो साता मात्रै स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले राजनीतिक परिस्थितिबारे, चुनावी नतिजा, सरकार, संगठनलगायतको विषयमा छलफल गरेको थियो ।
छलफलका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पनि पेस गरेका थिए । प्रतिवेदनमा वामपन्थी एकता र ध्रुवीकरणमा जोड दिएका थिए । साथै, पार्टीको नाम र चुनाव चिह्न फेर्न सकिनेसम्मको प्रस्ताव प्रचण्डले गरेका थिए ।
साथै, माओवादीले उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाललाई चयन गरेको थियो । भुसाल यसअघि उपमहासचिव थिइन् । उनलाई बढुवा गरेर उपाध्यक्ष बनाइएको हो ।








































