Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:०३ बिहान
- ADVERTISEMENT -

पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा रक्तदान

प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार

266
Shares

नेपालगञ्ज, माघ २६ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले विहीबार नेपालगञ्जमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । 

नेपालगञ्जमा केही समय यता गम्भीर प्रकारका विरामीका लागि रगतको अभाव देखिएकाले सो अभाव पूरा गर्ने उद्देश्यले संविधानका पिता स्वर्गीय कोइरालाको स्मृतिमा रक्तदान कार्यक्रम राखिएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । 

उहाँले प्रजातन्त्रको संरक्षण र गणतन्त्रको स्थापनामा अहम भूमिका खेल्नु भएका स्वर्गीय कोइरालालाई स्मरण गर्दै रक्तदानलगायत उहाँले गर्नुभएका महत्वपूर्ण कामको पनि चर्चा परिचर्चा गरिएको बताउनुभयो । 

रक्तदान कार्यक्रमको शुभारम्भमा बोल्दै पूर्वमन्त्री तथा कांग्रेस नेता गजेन्द्र हमालले स्वर्गीय कोइरालाको जनता र प्रजातन्त्रप्रतिको अटुट समर्पण तथा सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताउनुभयो ।

स्वर्गीय कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै पूर्वमन्त्री हमालले संविधान जारी गर्न लिएको चट्टानी अडान सधैं नेपालीले सम्झिरहने उल्लेख गर्नुभयो ।

कांग्रेस बाँकेका सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभाका सांसद बादशाह कुर्मी, बाँके कांग्रेसका पूर्व सभापतिहरु किरण कोइराला र सनत रेग्मीलगायतले स्वर्गीय कोइरालाको योगदानबारे चर्चा गर्नुभएको थियो । 

स्वर्गीय कोइरालाले राजनीति, समाजसेवा र मानवीय सेवामा पु¥याएको योगदानलाई स्मरण गर्दै कांग्रेस बाँकेले उहाँको सम्झनामा रक्तदान कार्यक्रम गरेको बाँके कांग्रेसका सचिव सुधांशु कोइरालाले बताउनुभयो । कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभएको रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -