गोरखा, २५ माघ : जिल्ला प्रहरी कार्यालय गोरखाको प्रमुखमा प्रहरी उपरिक्षक (एसपी) अनुपम श्रेष्ठलाई खटाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखामा कार्यरत एसपी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय गोरखामा खटाईएको हो । उनलाई जिल्लामा बुधबार प्रहरी अधिकारीहरुले स्वागत गरेका छन् ।
गोरखा जिल्लाका प्रहरी प्रमुख केदार खनालको ठाउँमा उनको सरुवा गरिएको हो भने खनालको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्धान शाखामा सरुवा गरिएको छ ।
श्रेष्ठले आफु आजबाट जिल्ला प्रहरी कार्यालय गोरखामा हाजिर भएको र जिल्लामा हुने सबै अपराधीक क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन ।
उनले जिल्लामा शान्ति सुरक्षा तथा शुसासन व्यवस्था कायम गर्न आफुले सक्दो प्रयास गर्दै, राजनीतिक शक्तिको आडमा हुने गुण्डागर्दीलाई आफुले रोक्ने बताएका हुन ।








































