Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:५७ दिउँसो
- ADVERTISEMENT -

फेरि राष्ट्रपतिबाटै संविधानको दुर्घटना गराइन्छ कि भन्ने डर छ : गगन थापा

प्रकाशित मिति: २०७९ माघ २५, बुधबार

176
Shares

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि पनि नेकपा एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना गराइने डर रहेको बताएका छन् । एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले सकेसम्म हराउनकै लागि प्रयास गर्ने उनले बताए ।

बुधबार काठमाडौंमा भएको ‘नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाएर शीतल निवासबाट समानान्तर शक्ति अभ्यास गर्न चाहेको आरोप लगाए । ‘अहिले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यसलाई सम्माननीय कठपुतली राष्ट्रपति भने हुन्छ । त्यस्ता राष्ट्रपतिले के–के गर्छन् भन्ने हामीले विगतमै देखिसकेका छौँ । त्यो राष्ट्रपतिले समानान्तर शक्तिका रूपमा अभ्यास गर्छ । संविधानले भनेको छ एकातिर, काम गर्छ अर्कोतिर । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यही डरले गर्दा हामी नेकपा एमालेले बनाएको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ, हराउन कोसिस गर्छौँ, अन्तिमसम्म हराउनकै लागि प्रयास गर्छौं । हराउँछौँ ।’

उनले अब फेरि संविधानमाथि राष्ट्रपतिबाट हुने जोखिमलाई कम गर्न कांग्रेस दत्तचित्त भएर लाग्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मञ्चहरू र सदनबाट समेत अदालतको निन्दा हुने गरी धारणा राखेको भन्दै त्यसले स्वतन्त्र न्यायपालिकाकाप्रति एमालेको धारणा के हो भन्ने प्रश्न उब्जिएको बताए ।

‘सम्मानित अदालतले गरेका कतिपय निर्णयहरू सबैलाई चित्त बुझ्दैन । अदालतको निर्णयको सन्दर्भमा छलफल भन्दा पनि अदालतको निन्दा गर्ने कुरा पार्टीको मञ्चबाट, संसद्‍बाट निरन्तर भइरहेको छ । अदालतप्रति नेकपा एमालेको धारणा के हो ? कि अदालतले कार्यकारीको धारणा बुझेर फैसला दिनुपर्ने हो ? भनेर सोध्न पाउने कि नपाउने ?,’ उनले भने, ‘अदालतको निर्णय ठीक कि बेठीक भनेर छलफल गर्नु र अदालतको निन्दा गर्नु फरक कुरा हुन् ।’ कान्तिपुरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -