Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:३८ दिउँसो
- ADVERTISEMENT -

नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनलाई लिएर आफ्नो पक्षमा माहोल बनाउँदै

प्रकाशित मिति: २०७९ माघ २५, बुधबार

203
Shares

काठमाडौं ।
आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ ।

गत २६ पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसले त्यसयता एकपछि अर्को गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासमा लिने प्रयास जारी राखेको हो । कांग्रेसले सोमबार भएको राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागिसमेत आफ्नो दलका तर्फकाट उम्मेदवार नउठाई माओवादी केन्द्रकै उम्मेदवारलाई घुमाउरो रूपमा समर्थन गरेसँगै राष्ट्रपतिका लागि कांग्रेसले थप वातावरण बनाएको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।यसअघि कांग्रेसले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र बागमती प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई पनि साथ दिइसकेको छ । यस्तै, प्रदेश १ मा कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले राष्ट्रपतिका लागि उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति होस् भन्ने चाहेको बताए । ‘कांग्रेसले राष्ट्रपतिका लागि आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको छ, प्रधानमन्त्रीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्ने भन्नुभएको छ, कांग्रेस राष्ट्रपतिका लागि आफ्ना उम्मेदवारलाई राष्ट्रिय सहमति होस् भन्ने चाहन्छ,’ लेखकले भने । सोमबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीचमा समेत राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने विषयमा छलफल भएको थियो ।

सो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति आफ्नो चाहना रहेको भन्दै देउवा र ओलीलाई सहमतिको वातावरण बनाउनेतर्फ सहयोग गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेसले राष्ट्रपतिका लागि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने सम्भावना छ । पौडेल प्रतिनिधिसभामा सांसद रहेको तर सिटौला सांसद नभएकाले सिटौलाको सम्भावना पौडेलको भन्दा बढी छ । सिटौलाले प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत दिन कांग्रेसभित्र वातावरण बनाएको प्रचण्डको बुझाइसमेत छ ।

यस्तै, शान्ति प्रक्रियाको थालनी र अन्त्यसम्म पनि सिटौलाले माओवादीलाई तत्कालीन प्रधानमन्त्री र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई साथ दिएर सहयोग गरेको पनि प्रचण्डले बताउने गरेका छन् । त्यससमय सिटौला नेपाल सरकारको गृहमन्त्रीको भूमिकामा समेत थिए । यस्तै, पौडेलले समेत प्रतिनिधिसभा निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भन्दै दौडधुप गरेका थिए ।
राजधानी दैनिकबाट।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -