काठमाडौँ – नेपाली कांग्रेसलाई प्रतिपक्षी दलकाे सुविधा नदिन मागगर्दै सर्वाेच्च अदातलमा परेको रिट न्यायाधीश शुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासकाे मत दिएकाे कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटकाे पेसी न्यायाधीश माथेमाको इजलासमा ताेकिएकाे हाे।
अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट पाँचौ नम्बरमा पेसी तोकिएको हो। यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।
प्रशासनको उक्त निर्णयविरुद्ध उनी इजलासमा पुगेका थिए। इजलाले दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेपछि सर्वोच्च अदालतले उक्त रिट दर्ता गर्दै बुधबार पेसी तोकेको थियो।
उक्त रिटकाे आज माघ २५ गते पहिलो पेशी तोकिएको हाे। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।








































