Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१०:०९ दिउँसो
- ADVERTISEMENT -

भोलिदेखि सातौँं राजर्षी जनक कप फुटबल प्रतियोगिता, उद्घाटन भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले गर्ने

प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार

243
Shares

सर्लाही । सर्लाहीको बागमतीमा माघ २५ गते (भोली) बाट मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण सुरु हुने भएको छ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको आयोजनामा हरेक वर्ष हुँदै आएको मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण भोली माघ २५ गतेबाट सुरु हुने भएको हो ।

ए डिभिजन लिगका ६ वटा, मोफसलका ४ वटा, एउटा विदेशी र आयोजक गरि १२ वटा टिम सहभागिता रहेको खेल फागुन ७ गते सम्म चल्नेछ । खेल बागमती नगरपालिका ११ स्थित रहेको स्व.सन्तोष श्रेष्ठ स्मिृत खेल मैदानमा सञ्चालन हुने बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक सागर मैनानलीले जानकारी दिए ।

उनका अनुसार सातौँ राजर्षी जनक कप फुटवल प्रतियोगितामा ए डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लव काठमाडौं,चर्च ब्याईज युनाइटेड ललितपुर, शंकटा क्लब काठमाडौं, जावलाखेल युवा क्लव ललितपुर,नेपाल पुलिस क्लव काठमाण्डौँ र शसस्त्र प्रहरी क्लव काठमाडौ गरि ६ वटा टिम रहेका छन् भने सुदुरपश्चिम ११,धरान फुटबल क्लब, पिप्ले युवा क्लव हेटौडा, नवजन जागृति युवा क्लव सिमरा बारा मोफसलका फुटबल क्लबहरु हुन् ।

त्यस्तै युनाईटेड किन्डम फुटबल क्लब दार्जिलिङ (भारत) विदेशी टिम हो भने आयोजक बागमती युवा क्लव सि डिभिजन लिगको क्लबको सहभागीता रहने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

उनका अनुसार माघ २५ गतेबाटदेखि फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगीता सञ्चालनका लागि करिब रु ९८ लाख १२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । राजर्षी जनक कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु १० लाख,दोस्रो पुस्कार रु पाँच लाख,सर्वोत्कृष्ट सर्लाहीका एकजना खेलाडीलाई एकथान पल्सर मोटरसाईकल, सर्वोत्कृष्ट एकजना खेलाडीलाई रु ५१ हजार नगद् पुरस्कार प्रदान गरिने आयाजक बागमती युवा क्लबले जनाएको छ ।

त्यस्तै प्रतियोगीताका हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए । उनका अनुसार हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ ।

त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइकल र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस वर्ष आयोजक बागमती युवा क्लब सि डिभिजन लिगमा प्रवेश गरेका कारण यस वर्षको उपाधि आयोजकले नै राख्ने अनुमान गरिएको आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।

साथै सातौँं राजर्षी जनक कप फूटबल प्रतियोगिताको उद्घाटन गर्न नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) आउने आयोजकले जनाएको छ । प्रतियोगीताको पहिलो खेल जावलाखेल युवा क्लब जावलाखेल र शसस्त्र प्रहरी बल (ए.पि.एफ) क्लब काठमाण्डौँ बीच दिउँसो डेढ बजेबाट सुरु हुनेछ ।

प्रतियोगीताको सातौँ संस्करण सम्म आईपुग्दा प्रदेश तथा संघ कुनै सरकारबाट सहयोग प्राप्त नभएको प्रतियोगीता आयोजना गर्दै आएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनलेप्रदेश तथा केन्द्र सरकारलाई पटक पटक कार्य योजना पेश गरिएको भएपनि कुनै सहयोग प्राप्त नभएको बताए । न्युज २४ नेपालबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -