काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको उनकै पार्टीमा तिब्र आलोचना भएको छ । आफूहरुपार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले आत्मालोचना गर्न माग गरेका छन् ।
रास्वपाले आइतबार सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो । लगत्तै पार्टी कार्यालय, बसुन्धरामा आयोजितपत्रकार सम्मेलनमा सभापति लामिछाने सञ्चार माध्यममाथि खनिएका थिए । उपप्रधान तथा गृहमन्त्री र सांसद गुमेपछि आफूआक्रोशित भएको स्वीकार गरेका उनले ‘मुडमा छु है’ भन्दै सञ्चार माध्यम र विभिन्न व्यक्रिको जीवनमा प्रवेश गर्दै लाञ्छना लगाएकाथिए ।
सोमबारको बैठकमा रास्वपाका नेताहरुले रविको आलोचना गरे । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापतिलेपत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताएका थिए ।
प्रमुख सचेतक सन्तोष परियारले ‘तपाईँले दिएको अभिव्यक्तिले पार्टीलाई घाटा भयो, आत्मालोचना गर्नुस्’ भनेका थिए । अर्का सांसदगणेश पराजुलीले पार्टीप्रति बुद्धिजिवी वर्गलाई चिढाउने काम मात्र भएको बताए । उनले भनेका थिए, ‘तपाईँँको अभिव्यक्तिलेहामीप्रति उनीहरु निराश भए । यसले गलत सन्देश गएको छ ।’
सांसद मनिष झाले गृहमन्त्री नपाएकै कारण सरकार छाडेको भनेर सन्देश जानु पार्टीको पनि कमजोरी भएको बताएका छन् । आइतबाररविले आफूले गृहमन्त्री बन्न खोजेको, तर नभई हुन्न भनेर नभनेको जिकिर गरेका थिए । उनले भनेका थिए, ‘यही कुरा २/३ दिन अगाडिभनेको भए गृह नपाएर सरकारबाट बाहिरियो भन्ने सन्देश जाँदैनथ्यो । यसमा चुक भयो ।’
एक सहभागीका अनुसार महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने सभापति रविको बचाउ गरेका थिए । गृह मन्त्रालय आफ्नो पार्टीलेपाउनुपर्ने र पाएको भए कसलाई पठाउने भनेर पार्टीले निर्णय गर्ने उनको तर्क थियो ।








































