Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१०:३६ बिहान
- ADVERTISEMENT -

मन्त्री किरातीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

प्रकाशित मिति: २०७९ माघ २२, आइतबार

228
Shares

भैरहवा, माघ २२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आइतबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ। पहिलो पटक विमानस्थल आउनुभएका किरातीले अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राख्नुभएको हो।

निरीक्षणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री किरातीले गौतमबुद्व विमानस्थलबाट तत्काल नेपाल एयर लायन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताउनुभयो। उहाँले अहिले रोकिएको उडान सुचारू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसलाई गौतमबुद्व विमानस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने बताउनुभयो।

उहाँले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट  कूटनीतिक र मन्त्रालय स्तरबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्वता जनाउनुभयो। मन्त्री किरातीले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने बताउनुभयो। मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गौतमबुद्व विमानस्थलको रूटको एजेन्डामा राख्ने बताउनुभयो।

“प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थल सञ्चालनका लागि रूटको विषय मुख्य एजेन्डामा पर्छ, श्रीलङ्काबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ”, उहाँले भन्नुभयो। मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने मन्त्री किरातीले बताउनुभयो। 

निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभयो। मन्त्री किरातीले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गर्नुभयो। उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताउनुभयो। 

मन्त्री किरातीसमक्ष विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताउनुभयो। मन्त्री किरातीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गर्नुभएको छ। गोरखापत्रबाट साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -