राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरु भएको छ।
पार्टी कार्यालय बसुन्धरामा आज हुने बैठकले ठोस निर्णय लिने सभापति रवि लामिछानेले बताएका छन्।
सर्वोच्च अदालतबाट अनागरिक ठहर भएपछि पनि गृहमन्त्री माग गरिरहेका लामिछानेले नपाएपछि सरकार छाड्ने अभिव्यक्ति दिइरहेको छ। जसका लागि पार्टीले प्रधानमन्त्रीलाई दुई दिने अल्टिमेटम दिएको थियो
आजको बैठकमा सरकार छाड्ने या रहिरहने भन्ने विषयमा छलफल हुने जनाइएको छ। बैठक लगत्तै सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन्।
बैठकअघि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटर पुगेका थिए।








































