Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:३५ दिउँसो
- ADVERTISEMENT -

अब देशैभर मालपोत र नापी डिजिटल हुने

प्रकाशित मिति: २०७५ चैत ४, सोमबार

811
Shares

काठमाडौंँ, ४ चैत २०७५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान शुरू गर्नुभएको छ ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाउन मन्त्री अर्यालले अभियान थाल्नुभएको हो ।

सो अभियान पहिलो चरणमा काठमाडौंँ उपत्यकाका मालपोत तथा नापी कार्यालयबाट शुरू गरिएको छ । त्यसअन्तर्गत मन्त्री अर्यालले कलंकी मालपोत कार्यालयको आज अनुगमन गर्नुभयो ।

देशैभर मालपोत र नापी डिजिटल

कार्यालय अनुगमनपछि मन्त्री अर्यालले एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमूना बनाउने गरी मन्त्रालय अगाडि बढेको बताउँदै आगामी असारभित्र काठमाडौँ उपत्यकाभित्रका सबै मालपोत र नापी कार्यालयलाई नमूना बनाइने बताउनुभयो । “आगामी असार मसान्तसम्म उपत्यकाका सबै मालपोत र नापी कार्यालय डिजिटल बनाउन लागेका छौँ । त्यसको शुरूआत कलङ्कीबाट गरिएको छ । त्यसपछि डिल्लीबजार र चाबहिलबाट काम शुरू गर्छौँ”, मन्त्री अर्यालले भन्नुभयो, “असार मसान्तसम्म उपत्यकाका सबै मालपोत कार्यालय डिजिटल बनाउछाँै । त्यसपछि देशैभरका २४४ वटा मालपोत र नापी कार्यालय एक वर्षभित्र डिजिटल बनाएर सबै कार्यालय डिजिटलमय बनाउने गरी हामी अगाडि बढाउछौँ ।”

पुराना धमिरा लागेका कागजपत्र खिँचेर अहिले स्क्यानिङ गर्ने र डिजिटल भर्सनमा लगेर व्यवस्थित गर्नेगरी अगाडि बढेको छ भन्दै उहाँले केही कागजात पुरानो भएका कारण काम गर्न अलिकति ढिलाइ भइरहेको स्पष्ट गर्नुभयो । मन्त्री अर्यालले एकद्वार प्रणालीमार्फत जनताको काम गरिने बताउँदै भन्नुभयो, “एक ठाउँबाट पेश गरेको डकुमेन्ट बढीमा आधा घण्टामा अर्को ढोकाबाट काम पुरा भएर डकुमेन्ट निस्कने वातावरण बनाउन खोजेका हौँ, ” मन्त्री अर्यालले भन्नुभयो, “यसो गर्दा ७० प्रतिशत भ्रष्टाचार कम हुन्छ भन्ने विश्वास छ ।”

अनलाइन सेवा शुरू भएका १९ कार्यालय हेर्दा पछिल्ला वर्षमा राजस्वमा निकै बढोत्तरी भएकाले डिजिटल सेवा सफल हुने मन्त्री अर्यालको विश्वास छ । अब सबै कार्यालयमा बैंकिङ कारोवारमार्फत काम हुने मन्त्री अर्यालले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -