१० माघ, काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।
आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृतभेटिएका हुन् ।
दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपीपाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धान सुरु भएको रघटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।








































