गोरखा, ८ माघ । गोरखाको पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनका स्वकीय सचिव अशाेक मरहट्टा माथी हिजो कुटपिटभएको छ । उनलाई नेकपा माओवादी निकट व्यवसायी दुर्गालाल श्रेष्ठले नगरपालिकाकाे कार्यालय भित्र सामान्य भनाभन पछिकुटपिट गरेको बताइएको छ ।

कुटपिटमा संग्लग्न श्रेष्ठले घुच्चुकमा मुक्का हाने पछि घाईते भएका मरहट्टाकाे आँपपिपल अस्पतालमा उपचार भईरहेको
छ । घाईते मरहट्टाकाे घाँटी र गालाकाे भाग सुनिएकाे माओवादी केन्द्र पालुङटार नगर कोषाध्यक्ष बिकास भट्टराईले जानकारीदिए । सामान्य छलफल हुँदा आफू माथी एक्कासि आक्रमण गरिएको मरहट्टाले बताए ।
कुटपिट पछि नगरपालिकाको आकस्मिक बैठक बसेकोथियो ।








































