काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको छ । हिजोप्रतितोला एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार छ ।यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार ६ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ तोकिएकोमहासङ्घले जनाएको छ ।








































