नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्नेप्रतिबद्धता प्रधानमन्त्रीले दिएको बताएका छन्।
प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरूको निर्वाचन पनि दलहरूबीचको साझा सहमतिमा हुनेकुरामा प्रधानमन्त्रीले नेपाली कांग्रेससँग नै प्रतिबद्धता गरेको बताए।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विगतमा राष्ट्रपति पदको दुरूपयोग हुने संकेतहरू देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नोपार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरूको नेतृत्व चयन दलहरूबीचको सहमतिमा नै हुनुपर्ने प्रस्ताव अघि सार्नुपरेकोस्पष्ट पारे।
प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनकोविषयलाई बनाउन नहुने पनि दोहोर्याए।
उनले सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरूले साझा दृष्टिकोण बनाउनजरूरी रहेको बताए।
संवैधानिक पदहरू मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिएको वचनवद्धता पूरा गर्नेमा आशावादी रहेको बताए।
उनले संवैधानिक पदहरूमा रहने व्यक्तिले पार्टीगत रूपमा नभइ समग्र देशको नै प्रतिनिधित्व गर्ने भएकाले सबै पार्टीहरूले सोचेर निर्णयमापुग्नुपर्ने बताए।
उनले भने, ‘अवश्य पनि यो सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद एउटा महत्वपूर्ण संवैधानिक पदहरू पनि हुन्। र, सँगसँगै सभामुख, उपसभामुखले सम्पूर्ण संसद कसरी चल्छ। त्यो विधिसम्मत तरिकाबाट र बुद्धिमतापूर्ण तरिकाबाट चल्छ, चल्दैन? सबैपार्टीहरूको प्रतिनिधित्व गर्ने साझा संस्था संसद हो। त्यस अर्थमा मलाई लाग्दछ–त्यसको पनि महत्वपूर्ण अर्थ छ। त्यस्तै गरेर राष्ट्रपति, उपराष्ट्रपतिको संस्थाको पनि ठूलो महत्व छ। र खास गरेर अहिलेसम्म जसरी राष्ट्रपतिको पदको सदुपयोग, दुरूपयोग जेजस्तो हुँदैआएको छ। त्यसले गर्दा पनि यसको महत्व झनै बढाएको छ। यसले दुरूपयोग गर्ने सम्भावनाप्रति पनि प्रशस्त संकेत पछिल्लो राष्ट्रपतिकार्यकालमा देखिएको छ। त्यस अर्थमा पनि यो महत्वपूर्ण छ। त्यस अर्थमा हामीले, नेपाली कांग्रेस पार्टीले यो ४ वटा जिम्मेवारीहरूकोसन्दर्भमा एउटा साझा दृष्टिकोण पार्टीहरूले निर्माण गर्नुपर्छ भन्ने सोच हामीले राखेका छौं।’
प्रवक्ता महतले दलहरूबीच राष्ट्रपति लगायतका संवैधानिक पदहरूमा सहमति नभए आफ्नो पार्टीेले उम्मेदवारी दिने पनि स्पष्ट पारे।
प्रवक्ता महतले संविधानको रक्षा गर्नका लागि आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताए।
उनले प्रधानमन्त्री दाहालले नै कांग्रेससँग विश्वासको मतको अपेक्षा गरेकाले संविधानको रक्षाका लागि नेपाली कांग्रेसले समर्थन गरेकोबताए।
उनले कांग्रेसले प्रधानमन्त्रीको समर्थन कुनै पद प्राप्तिका लागि नगरेको बताए।
उनले कांग्रेसले सरकारको नेतृत्व गर्छु भन्नु कुनै हिसाबले गलत नभएको पनि बताए।
कांग्रेस संवैधानिक व्यवस्थाको रक्षा हुनुपर्छ, आवश्यक परिवर्तनका कदमहरू संवैधानिक व्यवस्थालाई टेकेर सर्वदलीय छलफलबाटसंसदबाट नै हुनुपर्ने पक्षमा रहेको बताए।
प्रवक्ता महतले एमाले अध्यक्ष केपी ओलीले संविधानमाथि फेरि पनि धावा बोल्ने ढंगका अभिव्यक्ति दिएपछि कांग्रेसले त्यसको रक्षाकालागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने अवस्था आएको दोहोर्याए।








































