प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेट भएको छ। प्रचण्ड देउवालाईभेट्न उनको निवास धुम्बाराही नै पुगेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेको कांग्रेसका एक नेताले बताए।
‘आफूलाई विश्वासको मत दिए कांग्रेसलाई सभामुख दिन सकिने पनि प्रचण्डले बताउनुभएको छ,’ ती नेताले सेतोपाटीसँग भने।
जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने भनेर प्रचण्डलाई भनेका छन्।
कांग्रेस नेताका अनुसार मंगलबार बिहान कांग्रेस पदाधिकारी बैठक र संसदीय दल बैठक बस्ने र त्यहीँ प्रचण्ड सरकारलाई विश्वासकोमत दिने/नदिने निर्णय हुने छ।
मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्रीप्रचण्ड देउवालाई भेट्न गएका हुन्।
देउवाको बुढानिलकण्ठस्थित घर मर्मत गरिरहेको हुँदा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका छन्।








































