पौष १९: नेपाली कांग्रेस प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९, निर्वाचन केन्द्रीय परिचालन समितिका प्रमुख गोपालमान श्रेष्ठसमक्ष, विदेश स्थित जन सम्पर्क समिति समन्वय तथा परिचालन उप समितिका संयोजक गोविन्द भट्टराई ज्युले उप समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। आज नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपामा सम्पन्न परिचालन समितिको बैठकमा नेता भट्टराईले निर्वाचनको समीक्षा गर्दै भन्नुभयो ,”अब हामीले कार्य शैली र सोच बदल्नु पर्नेछ, निराशालाई दृष्टिकोण र कार्यक्रमद्वारा जनतामा विश्वास र आशा बढाउनु पर्छ”। उक्त कार्यक्रमबारे जानकारी दिंदै सचिव युवराज बस्ताकोटीले भन्नुभयो,
“आफुहरुलाई दिइएको कार्यमा सकेको जिम्मेवारी पनि पूरा गरियो साथै उक्त निर्वाचनमा मत र मन दिएर सहयोग गर्नुहुने र परिचालन समितिमा कार्यरत सबैलाई धन्यवाद समेत व्यक्त गर्दछौं । “








































