काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रका दलित अगुवा नेता भुवन सुनार मन्त्री बन्ने दौडमा लागेका छन्। राष्ट्रिय सभाका सदस्यसमेत रहेका सुनार दलित आन्दोलनका स्थापित नेता हुन्।
राष्ट्रिय दलित आयोगमा रहदा नेता सुनारले दलितको पक्षमा महत्वपूर्ण काम गरेर चर्चा समेत बटुलेका थिए । राजनीतिमा इमान्दार रसरल नेताको छवि बनाएका सुनारलाई मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला मन्त्रीमा नियुक्ति दिलाउन दलित आन्दोलनकाअगुवा नेताहरु समेत लागिपरेको बताइएको छ। सुनारलाई मन्त्री बनाउन माग गर्दै दलित मोर्चाका नेताहरुले माओवादी केन्द्रकानेताहरुसंग पटक-पटक छलफल समेत गरिसकेका छन्।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई समेत भेटेर यस बिषयमा जानकारी गराइएको सुनार निकटएक नेताले जानकारी दिए। प्रचण्डले सुनारलाई मन्त्री बनाउन सकारात्मक रहेको बताएको समेत ति नेताले जानकारी दिए। माओवादीकेन्द्रका अन्य नेतालाई समेत भेटेर दलितको आवाजलाई मन्त्रिपरिषदमा समेट्ट्न समेत सुनारलाई मन्त्रिमण्डलमा लैजानु पर्ने माग दलितआन्दोलनका अगुवाहरुको रहेको छ।
‘प्रत्यक्ष निर्वाचमा मार्फत एक जना पनि दलित समुदायबाट नजितेका कारण पनि पुराना स्थापित नेता सुनारलाई यस पटकमन्त्रिपरिषद्मा लैजानु पर्छ’, एक नेताले भने, ‘अध्यक्ष प्रचण्ड पनि नेता सुनारलाई मन्त्रि बनाउन सकारात्मक हुनुहुन्छ।’
भुवन सुनारले राष्ट्रिय सभामा दलित समुदायका नागरिकताको नाममा राखिएको अपमानजनक नाम हटाउन जोडदार रुपमा आवाजउठाए। जसको कारण सरकारले तत्काल त्यस्ता नाम सच्याउन आफ्ना निकायलाई परिपत्र गर्दै कडा निर्देशन दिन बाध्य भयो। नेतासुनारकै कारण यो एतिहासिक काम हुन सकेको भन्दै दलित समुदायले खुशी व्यक्त गरेका छन्।
सुनारले दलित, उत्पीडित समुदायको अधिकार संबिधानमा उल्लेख भए पनि व्यवहारमा प्रभावकारी कार्यान्यन हुन नसकेको भन्दै संसदसचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन्। त्यसमा अहिले बहस भइरहेको नेता सुनारले जानकारी दिए।
तपाइँ मन्त्रि बन्ने दौडमा लाग्नु भएको हो ? भन्ने गण्डकी टाइम्सको प्रश्नमा राष्ट्रिय सभा सदस्य सुनारले आफु दौडमा नभएको तर पार्टीलेजिम्मेवारी दिए पुरा गर्न लाग्ने जानकारी दिए। ‘म आफैँ मन्त्रिको दौडमा छैन, साथीहरुले देशभरको दलित समुदायको प्रतिनिधित्वतपाइँले गर्नुपर्छ भनिरहनु भएको छ’, उनले भने, ‘साथीहरुले मलाई विस्वास गर्नु भएको छ म मन्त्रीको जिम्मेवारी लिन तयार छु।’
गोरखा पालुङ्गटारका सुनार माओवादीले संचालन गरेको जनयुद्धमा सक्रिय सहभागि हुदैँ लामो समयदेखि निरन्तर दलित,उत्पिडितकोपक्षमा लड्दै आएका छन्।








































