नेकपा एमाले विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरीपौडेल सरकारमा जाने भएका हुन्।
उनीसँगै एमालेले दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई पठाउने तयारी गरेको छ। पौडेलबाहेक अन्यको मन्त्रायले टुंगो लागेकोछैन।
यस्तै जनमत पार्टीबाट पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन्।








































