काठमाडौं । गोरखा १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा युवा नेता राजेन्द्र बजगाईले प्रतिनिधिसभा सदस्यका रुपमाशपथग्रहण गर्दै आफूले सांसदको हैसियता पाउने तलबभत्ता विपतमा परेका जनताको उद्दार तथा राहतमा खर्च गर्ने घोषणा गरेका छन् ।
प्रतिनिधि सभा सदस्यको सपथग्रहण गरेलगत्तै विज्ञप्ति जारी गर्दै सांसद बजगाईले गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमारखेदेख पुगोस भनेर सांसदको रुपमा पाउने तलब सुबिधा व्यक्तिगत रुपमा नलिने घोषणा गरेका हुन् ।
उनले यसअघि सांसद नहुदा पनि विकट गोरखाको पाकृतिक विपत्ति तथा दुर्घटनामा परेकाहरुको हेलिकोप्टरबाट व्यक्तिगत खर्चमा उद्दारगर्दै आएका छन् । गफ होइन काम गरेर देखाउन आफूले सपथग्रहणकै बेला प्रण गरेको बजगाईले बताए ।









































