काठमाडौ : हाम्रो धौलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आज आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौको बाईपासमा रहेको कार्यालयमा उक्त संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष सागर तिमल्सिनाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरु र आ.व. २०७९/८० मा सञ्चालन गर्ने नीति तथा कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
साधारण सभामा बोल्ने अधिकाँश वक्ताहरुले संस्थाको कारोवार बृद्धिसंगै कर्जाको गुणस्तरीयतामा विशेष जोड दिनुपर्ने बताएका थिए ।
११ जनाबाट सुरु भएको संस्थाका सदश्यहरु अहिले ५५६ जना पुगेको तिमल्सिनाले जानकारी दिए।








































