Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:०४ दिउँसो
- ADVERTISEMENT -

हत्या अभियुक्त महतो : राष्ट्रपतिबाट विभूषण, एमालेबाट सांसद

प्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार

335
Shares

काठमाडौँ — सुरक्षाकर्मीको हत्या अभियोगमा फरार तर महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो कोइरीलाईसंविधान दिवसमा विभूषण घोषणा गरिएको पाइएको छ ।

महतो २०७२ भदौ २५ मा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विक हत्या अभियोगका फरार व्यक्ति हुन् । उनलाईसंविधान दिवस (गत असोज ३) मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाजसेवी’ का रूपमा प्रबलजनसेवाश्री घोषणा गरिएको हो ।

विभूषणका लागि जिल्ला प्रशासनबाट सिफारिस भएर आएका नाममा गृह मन्त्रालयले विवादित पृष्ठभूमि भए/नभएकामा दोहोरोप्रमाणीकरण गर्ने अभ्यास छ । महोत्तरी प्रशासनले भने महतोको पृष्ठभूमि विवादित भएको जानकारी गृहलाई गराएन । त्यसपछिमन्त्रिपरिषद्ले उनको नामसहित विभूषित हुनेको सूची अनुमोदन गरेर राष्ट्रपति कार्यालय पठाएको थियो । त्यही सूची सदर गर्दै राष्ट्रपतिकार्यालयले उनको नाम अनुमोदन गरेको हो । ‘प्रबल जनसेवाश्री’ बाट विभूषित हुने ३ सय १२ जनामध्ये महतोको नाम १० औं नम्बरमाछ ।

सात वर्षअघि मधेसमा चर्केको सरकारविरोधी प्रदर्शनमा असई विक आन्दोलनकारीबाट मारिएका थिए । महतोलाई योजनाकारकारूपमा प्रहरीले किटान गरेको छ । घटनापछि फरार उनी वारेसबाट मनोनयन दर्ता गराएर मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमामहोत्तरी–१ बाट विजयी भएका छन् । आफैं उपस्थित हुँदा पक्राउ पर्ने डरले वारेसमार्फत उम्मेदवारी दिएका उनले निकटतम प्रतिद्वन्द्वीमाओवादीका गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन् ।

महतोलाई विभूषण दिलाउन जनता समाजवादी पार्टीको पनि जोडबल रहेको स्रोत बताउँछ । असोज २७ सम्म उनको दल जसपासरकारमै थियो । चुनावमा कांग्रेस–माओवादी गठबन्धनसँग सहमति नजुटेपछि जसपाका मन्त्री असोज २७ मा बर्खास्तीमा परेका थिए ।त्यसपछि एमालेसँग सम्पर्कमा पुगेका महतो टिकट पाउने सुनिश्चित गरेर मनोनयनको अघिल्लो दिन जसपाबाट अलग भए ।

सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत विकलाई मधेसी मोर्चाका कार्यकर्तालेनियन्त्रणमा लिई लाठी, लात्ती, मुक्का हानेर घाइते बनाएका थिए । विकलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल जलेश्वर पुर्‍याएकोथियो । त्यहाँ उपचार नभएपछि एम्बुलेन्समा राखेर जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा प्रदर्शनकारीले एम्बुलेन्सबाट थुतेरमहोत्तरीकै धान खेतमा हत्या गरेका थिए । महतोकै योजनामा हत्या गरिएको प्रहरी अनुसन्धानमा उल्लेख छ ।

गृह मन्त्रालयका एक अधिकारीले आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि महतोलाई घोषणा गरिएको विभूषण रद्द हुने बताए ।‘हत्या अभियोगमा मुछिएका व्यक्तिलाई विभूषण घोषणा हुनुमा कमजोरी भएकै हो, जिल्लाबाट पनि उनको पृष्ठभूमिबारे दोहोरोप्रमाणीकरण हुनुपर्नेमा त्यसो भएको देखिएन,’ उनले भने, ‘आगामी वैशाख १ मा वितरण गर्नुअघि सूचीमा हेरफेर गरेर गल्ती सच्याउँछौं ।’

महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले महतो हाल प्रहरीको फरार सूचीमा रहेको र अदालतको आदेश कार्यान्वयन गर्न पहलभइसकेको बताए । ‘व्यक्ति हत्या आरोपमा महतो फरार सूचीमा छन् । अदालतले पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाउन आदेशदिएकाले उनलाई कारबाहीको दायरामा ल्याउन प्रहरी गम्भीर रूपमा लागेको छ,’ उनले  भने ।

विक हत्यासम्बन्धी मुद्दामा महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।त्यसविरुद्ध सरकारी वकिलले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्‍यो । धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउँदै उच्चले पक्राउगरी थुनामा पठाउन आदेश दिएको थियो । तर, उच्चको आदेश तीन वर्षसम्म पनि कार्यान्वयन भएको छैन । महतो खुलेआम सार्वजनिककार्यक्रममा सहभागी हुँदै आएका छन् । सांसद निर्वाचित प्रमाणपत्र वारेसमार्फत बुझेपछि आयोजित विजयी र्‍याली/जुलुसमा महतोसहभागी भए पनि प्रहरीले पक्राउ गरेन ।

जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम १लाख धरौटीमा छाड्न आदेश दिएको थियो । ड्युटीमा रहेका सुरक्षाकर्मीलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेरहत्या गरेको जस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई धरौटीमा छाड्ने न्यायाधीश अधिकारीको आदेश त्यतिबेलै विवादित बनेको

थियो । त्यसपछि सप्तरी र बाँके सरुवा भएका न्यायाधीश अधिकारीलाई गत भदौमा न्यायपरिषद्ले आर्थिक लेनदेनमा संलग्न रकार्यक्षमताको अभाव देखाउँदै बर्खास्त गरेको छ ।

कान्तिपुर 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -