नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएको दाङको २ नम्बर निर्वाचन क्षेत्रमा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १४ हजार भोट पाएको छ ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार रहेकी रेखा शर्मासँग झिनो मतान्तरले पोखरेल पराजित भएका थिए । शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८१ मत पाए । रास्वपाका विशाल अधिकारीले १४ हजार १०० मत पाए ।
राप्रपाका भोलानाथ अधिकारीले २ हजार मत पाए । दाङ–२ को समीकरण फेरबदलमा घण्टी निर्णायक भएको ठानिएको छ । दाङ–२ मा समीकरण फेरबदल गर्ने अधिकारी पेशाले इन्जिनीयर हुन् ।








































