सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले नेकपा (एमाले)का महासचिव शंकर पोख्रेललाई झिनो मतान्तरले पराजित गरेकी हुन्।
शर्मा विजयी भए पनि औपचारिक घोषणा गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। माओवादी स्थायी कमिटीकी सदस्य शर्मा पूर्व मन्त्री समेत हुन्।








































