ललितपुरको जावालाखेलमा शुक्रबार बिहान साढे ८ बजेतिर भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
वाम लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार एवं सम्पर्क कार्यालय नजिक भेटिएको उक्त शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ।
बिहान करिब ८ बजेतिर चुनाव प्रचार कार्यालय अगाडि कुकरमा तार जोडिएको शंकास्पद वस्तु फेला पारेपछि सो क्षेत्र सिल गरिएको थियो।








































