Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:३८ दिउँसो
- ADVERTISEMENT -

निर्वाचन सुरक्षा : ७५ हजार सेना, २५ सय ६० बम डिस्पोजल टोली

प्रकाशित मिति: २०७९ कात्तिक २७, आइतबार

1195
Shares
g]kfnL ;]gf unsf]6, @^ j}zfv M aGbf]a:tLsf ;fdu|L;lxt lgjf{rgsf] ;'/Iffdf vl6P/ afun'ªsf ljleGg dtbfg s]Gb|tkm{ hfFb} g]kfnL ;]gf . t:jL/M v]d/fh uf}td÷/f;;

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ ।

सेनाले एकीकृत सुरक्षा योजनाअन्तर्गत गत ४ कात्तिकदेखि तोकिएको केन्द्र, प्रदेश र जिल्लामा पुगी निर्वाचन सुरक्षा तयारी सुरु गरेको हो ।

सेनाले निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । सेनाले निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस ९सीओपी० तथा पल्टुन अपरेटिङ बेस पीओवी स्थापना गरेको छ ।

एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बराबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ । सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ ।

सरकारले निर्वाचनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएका विमानस्थल, महत्त्वपूर्ण सम्पदा तथा कारागारलगायत १११ स्थानको सुरक्षामा परिचालन हुने गरी नेपाली सेना तयारी अवस्थामा रहेको छ ।

यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि १०० सेना परिचालन भइसकेका छन् ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत सेना निर्वाचनको अवधिमा मतदान स्थलको बाहिरी सुरक्षा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थ नियन्त्रण तथा निष्कृय गर्नेलगायतमा परिचालन हुनेछ ।

त्यसका लागि पृतना, वाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौं पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेतलगायत स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ ।

सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिने छ ।

त्यस्तै विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर २ हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -