Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:११:४६ राति
- ADVERTISEMENT -

हात्ती प्रजनन केन्द्रलाई व्यवस्थित बनाउन कृषिमन्त्रीको जोड, वन्यजन्तु पीडितलाई ५ लाख सहयोग

प्रकाशित मिति: २०८३ असार २८, आइतबार

52
Shares

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन्।

केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले वार्षिक करिब दुई लाख पर्यटक केन्द्र भ्रमणमा आउने भएकाले यसको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताइन्। उनले पर्यटक आकर्षित गर्न केन्द्रको पूर्वाधार सुधार तथा व्यवस्थापनका लागि मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने बताइन्।

हाल केन्द्रमा नौ वटा ढोई र सात वटा छावा रहेका छन्। यहाँ हुर्काइएका छावालाई तालिम दिएर विभिन्न संरक्षण तथा व्यवस्थापनका कार्यमा परिचालन गर्ने गरिएको छ। निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी रहेको छ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवा–सुविधा तथा स्थायी नियुक्तिसम्बन्धी समस्याबारे जानकारी लिँदै हात्तीको पालनपोषण, संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिइन्।

यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको वर्तमान अवस्था, उपलब्धि तथा देखिएका समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए।

यसैबीच मन्त्री चौधरीले असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेका परिवारसँग भेट गरेकी थिइन्।

त्यसैगरी, उनले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग भएका सूर्य महतो तथा गैँडाको आक्रमणबाट घाइते भएका मङ्गले बोटेसँग पनि भेट गरिन्।

वन्यजन्तुको आक्रमणबाट प्रभावित उनीहरूको जीविकोपार्जनका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -