सिम्पानी न्यूज, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न रिक्त पदहरूमा एकैपटक दुई दर्जन नियुक्ति गरेको छ। गत असार १७ र १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति तथा विभिन्न संग्रहालय विकास समितिहरूमा नयाँ पदाधिकारी तथा सदस्यहरू चयन गरिएको हो।
मन्त्रालयका अनुसार नियुक्त गरिएका पदाधिकारी तथा सदस्यहरूको विस्तृत विवरण यस प्रकार छ:
१. पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव र कोषाध्यक्षसहित ७ जनाको नियुक्ति गरिएको छ।
- सदस्यसचिव: तीर्थ प्रसाद श्रेष्ठ
- कोषाध्यक्ष: मीना कुमारी श्रेष्ठ
- सदस्यहरू: * केदारमान भण्डारी
- गंगासागर बानियाँ
- संगीता कुमारी राम
- रुपा शाही बास्तोला
- राम शोभीत नायक
२. नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
समितिको नेतृत्व परिमार्जन गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ।
- अध्यक्ष: डा. पुरुषोत्तम भट्टराई
- सदस्यहरू:
- माधव प्रसाद लामिछाने
- सिद्धीलक्ष्मी व्यञ्जनकार
- सूर्यप्रसाद ढुंगेल
- नेत्र प्रसाद अधिकारी
३. बौद्धनाथ क्षेत्र विकास समिति
बौद्धनाथ क्षेत्रको विकास र व्यवस्थापनका लागि नयाँ टोली नियुक्त गरिएको छ।
- अध्यक्ष: सम्पूर्ण कुमार लामा
- सदस्यहरू:
- विशाल लामा
- निर्भिक्ता थिङ लामा
- सेनाङ ग्याम्जो तामाङ
- रोशन कुमार श्रेष्ठ
- मणी भद्र पोखरेल
४. पाटन दरबार संग्रहालय विकास समिति
पाटन दरबार संग्रहालयको सदस्य पदमा तीन जनालाई जिम्मेवारी दिइएको छ।
- सदस्यहरू:
- शोभानानी शाक्य
- सुप्रिन्स शाक्य
- सन्तमान महर्जन
५. हनुमानढोका दरबार संग्रहालय विकास समिति
हनुमानढोका दरबार संग्रहालयको विकास समितिमा चार जना सदस्य नियुक्त भएका छन्।
- सदस्यहरू:
- आलोकसिद्धि तुलाधर
- सरस्वती रश्मी शाक्य
- मिरा महर्जन
- वीरेन्द्र बहादुर मल्ल








































