राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएसँगै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले नेता–कार्यकर्तालाई विशेष शुभकामना दिएका छन्।
मंगलबार साँझदेखि उम्मेदवारी दर्ता प्रक्रिया धमाधम चलिरहेका बेला बालेनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै लेखेका छन्, “शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।”
महाधिवेशन सुरु भएदेखि नै चितवनमा रहेका बालेन मंगलबार बन्दसत्र स्थलमा समेत पुगेका थिए। पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा तीव्र बन्दै गएका बेला आएको उनको सन्देशलाई महाधिवेशन प्रतिनिधिहरूले चासोका साथ हेरेका छन्।







































