Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:३२:०४ बेलुका
- ADVERTISEMENT -

लुम्बिनीमा एमालेका ४ मन्त्रीद्वारा राजीनामा, नयाँ मन्त्रीहरूको नाम सिफारिस

प्रकाशित मिति: २०८३ जेठ २०, बुधबार

102
Shares

२० जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार जना मन्त्रीले राजीनामा दिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो।

राजीनामा दिने मन्त्रीहरूमा:

  • भूमिश्वर ढकाल – भौतिक पूर्वाधार विकासमन्त्री
  • दिनेश पन्थी – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री
  • खेम सारुमगर – स्वास्थ्यमन्त्री
  • सीता शर्मा चौधरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

नयाँ मन्त्रीहरूको टिम तयार

एमाले स्रोतका अनुसार बाहिरिएका मन्त्रीहरूको ठाउँमा नयाँ अनुहारहरूलाई पठाउने तयारी भएको छ। नयाँ मन्त्रीका रूपमा डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र रत्न खत्रीको नाम सिफारिस गरिएको छ। सिफारिस भएकामध्ये खत्री यसअघि सामाजिक विकासमन्त्री भइसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्।

एमालेले दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदहरूलाई यसपटक प्राथमिकतामा राखेको छ। सोही मापदण्डका आधारमा घिमिरे र चौधरीको नाम अगाडि बढाइएको हो भने प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले भुसाल पनि मन्त्रीको दौडमा समेटिएका हुन्।

मन्त्री हेरफेरको भित्री कारण र कांग्रेसको अडान

नेपाली कांग्रेससँगको सत्ता साझेदारी तथा आगामी सरकारको नेतृत्व परिवर्तनका विषयमा लामो समयदेखि भइरहेको छलफलकै बीच एमालेले आफ्ना मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री परिवर्तनको तयारी भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित समग्र मन्त्रिपरिषद् नै पुनर्गठन हुनुपर्ने अडान लिएपछि यो प्रक्रिया रोकिएको थियो।

कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि दबाब बढाउँदै लगे पनि मुख्यमन्त्री आचार्यले आगामी असार १ गते बजेट प्रस्तुत गरेपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने अडान राख्नुभएको छ। यता नेपाली कांग्रेसबाट आगामी मुख्यमन्त्री को बन्ने भन्ने विषय अझै टुंगो लागिसकेको छैन।

मन्त्रालयको संख्या घटाइँदै, संसद्‌को अंकगणित यस्तो छ

लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा सीमित गर्ने निर्णय गरिसकेको छ। यो व्यवस्था सरकारको आगामी नीति तथा कार्यक्रममा समेत समेटिइसकेको छ। सत्ता साझेदारीको नयाँ समझदारीअनुसार मुख्यमन्त्री पाउने दलले तीन मन्त्री र अर्को दलले चार मन्त्री राख्ने सहमति भएको छ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। बहुमतका लागि ४२ सांसद आवश्यक पर्नेमा एमाले–कांग्रेस गठबन्धनसँग ५६ सांसदको स्पष्ट बहुमत रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -