सुनसरी, ९ जेठ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी आन्दोलन’का विषयमा तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
नेपाली कांग्रेस सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’लाई सम्बोधन गर्दै सभापति थापाले उक्त माग गरेका हुन्। उनले गत भदौ २३ र २४ गते भएको घटनाबारे आयोगले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिसकेको उल्लेख गर्दै त्यसलाई गुमराहमा नराख्न सरकारको ध्यानाकर्षण गराए।
थापाले नागरिकको मानव अधिकार रक्षा र आन्दोलनका क्रममा भएका सत्यतथ्य घटना बाहिर ल्याउन पनि प्रतिवेदन सार्वजनिक गर्नु अपरिहार्य रहेको बताए।








































