संघीय संसद्अन्तर्गत आज काठमाडौँमा तीन वटा संसदीय समितिका बैठकहरू बस्दैछन्। बिहान साढे १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ, जहाँ समितिका आन्तरिक विषयहरूमा केन्द्रित रहेर छलफल हुने कार्यसूची छ।
दिउँसो १ बजे भने दुई वटा समितिका बैठकहरू तय गरिएका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रगति समीक्षा, हालसम्मका कामकारबाही र भावी कार्ययोजनाबारे मन्त्रालयसँग छलफल हुनेछ। सोही समयमा बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा भने समितिको आन्तरिक कार्यविधि तय गर्ने विषयमा छलफल हुने जनाइएको छ।








































