काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। साताको दोस्रो दिन सोमबार सुनको भाउ प्रतितोला एक हजार तीन सय रूपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३,००,५०० रूपैयाँ निर्धारण गरिएको छ। यो मूल्य अघिल्लो दिन (आइतबार) को तुलनामा उल्लेख्य वृद्धि हो। आइतबार सुन प्रतितोला २,९९,२०० रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि उकालो सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला ५० रूपैयाँले बढेर ५,०४५ रूपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४,९९५ रूपैयाँमा किनबेच भएको थियो।
आजको बजार भाउ एक नजरमा:
- सुन (प्रतितोला): ३,००,५०० रूपैयाँ (१,३०० ले बढेको)
- चाँदी (प्रतितोला): ५,०४५ रूपैयाँ (५० ले बढेको)








































