२०८३ वैशाख २८, सोमबार
८:१८:३१ बिहान
- ADVERTISEMENT -

भुटानी शरणार्थी र राजनीतिक बन्दीको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुला पत्र

प्रकाशित मिति: २०८३ वैशाख ६, आइतबार

27
Shares

काठमाडौँ: दुई दशकभन्दा लामो समयदेखि थाती रहेको भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान र भुटानका जेलमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरिएको छ। भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि द हेगस्थित ‘ग्लोबल क्याम्पियन’ र झापाको बेलडाँगीस्थित ‘भुटान स्वतन्त्र जनता मञ्च’ले संयुक्त रूपमा प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै कूटनीतिक सक्रियताका लागि आह्वान गरेका हुन्।

ग्लोबल कोअर्डिनेटर राम कार्की र महासचिव डीबी सुब्बाद्वारा हस्ताक्षरित उक्त पत्रमा भुटानमा अझै पनि कैयौँ नेपालीभाषीहरू राजनीतिक आस्थाका आधारमा बन्दी जीवन बिताइरहेको उल्लेख गर्दै उनीहरूको मानव अधिकार रक्षाका लागि नेपाल सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ। पत्रमा शरणार्थी समस्या केवल मानवीय सहायताको विषय मात्र नभई यो दक्षिण एसियाली क्षेत्रको कूटनीतिक र मानव अधिकारको गम्भीर मुद्दा भएको उल्लेख गरिएको छ।

विगतमा धेरै देशहरूमा पुनर्स्थापना भए पनि अझै ठुलो संख्यामा शरणार्थीहरू नेपालका शिविरमा कष्टकर जीवन बिताइरहेका छन्। अभियानकर्ताहरूले प्रधानमन्त्री शाहलाई भुटान सरकारसँग सिधा संवाद गरी जेलमा रहेका बन्दीहरूको अवस्था बुझ्न र उनीहरूको निःशर्त रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउन समेत अनुरोध गरेका छन्। भुटानी शरणार्थीहरूको स्वदेश फिर्ती वा सम्मानजनक व्यवस्थापनका लागि नेपालले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा पत्रमा जोड दिइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -