प्रतिनिधिसभा अन्तर्गतको प्रभावशाली राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद हरि ढकाल सर्वसम्मत चयन भएका छन्। शुक्रबार बसेको समितिको बैठकले उनलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो।
नवनिर्वाचित सभापति ढकालले पदभार ग्रहणसँगै आफ्नो कार्यशैली र समितिको आगामी दिशाबारे स्पष्ट पारेका छन्।






































