आधुनिक प्रविधिको संसारमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को तीव्र विस्तारले नयाँ बहस सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको अनियन्त्रित विकासले भविष्यमा गम्भीर संकट ल्याउन सक्ने भन्दै यसलाई नियन्त्रण गर्न ‘किल स्विच’ (Kill Switch) को अवधारणा अघि सार्नुभएको छ।
प्रविधिको सीमारहित प्रगति र यसले निम्त्याउन सक्ने जोखिमप्रति लक्षित गर्दै ट्रम्पले उन्नत एआई प्रणालीहरूलाई कुनै पनि समय बन्द गर्न सक्ने संयन्त्र हुनुपर्नेमा जोड दिनुभएको हो।









































